हसिनाको छोरा जोयले भने : आमाको ज्यान जोगाएकाेमा मोदीलाई धन्यवाद

हिमाल प्रेस २५ साउन २०८१ १७:५५
30
SHARES
हसिनाको छोरा जोयले भने : आमाको ज्यान जोगाएकाेमा मोदीलाई धन्यवाद तस्बिरः रोयटर्स।

काठमाडौँ- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजिद जोयले आफ्नी आमा फेरि बंगलादेश जाने बताएका छन्।

‘टाइम्स अफ इन्डिया’ लाई दिएको अन्तर्वार्तामा उनले शेख हसिनालाई कुनै पनि देशमा शरण लिने कुनै सोच नरहेको प्रस्ट पारेका छन्। अन्तरिम सरकारले चुनाव घोषणा गरेसँगै हसिना बंगलादेश फर्किने उनले बताएका छन्।

‘मेरी आमा केही दिनका लागि भारतमा हुनुहुन्छ, अन्तरिम सरकारले चुनावको घोषणा गरेसँगै उहाँ स्वदेश फर्किनु हुन्छ,’ जोयले भनेका छन्।

उनले आफ्नी आमाको ज्यान जोगाएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।

‘म प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिन चाहन्छु, एकदमै कम समयमा उहाँले मेरो आमाको ज्यान बचाउनुभयो,’ जोयले भनेका छन्।

आफ्नो पार्टी र कार्यकर्तालाई जोगाउन जे गर्न पनि तयार रहेको उनको भनाइ छ। उनले भने,‘म आफ्नो पार्टी र कार्यकर्तालाई जोगाउन जे गर्न पनि तयार छु। यसका लागि मालाई राजनीतिमै आउनुपरे पछाडि हट्दिनँ।’

शेख हसिना नेतृत्वको पार्टी अवामी लिग चुनावमा भाग लिने बताउँदै उनले फेरि चुनाव जित्ने विश्वास व्यक्त गरेका छन्। बंगलादेशमा आफूहरूसँग सबैभन्दा बढी समर्थन रहेको उनले दाबी गरेका छन्।

प्रकाशित: २५ साउन २०८१ १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =