पोखरा- शुक्लागण्डकी नगरपालिकाले २५ साउन शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
३० औं विश्व आदिवासी जनजाति दिवस अवसरमा शुक्लागण्डकी नगर कार्यपालिका कार्यालय र अन्तर्गतका वडा कार्यालय, सेवा केन्द्र, स्वास्थ्य संस्था, सबै विद्यालय तथा नगरपालिकाभित्र संचालित बैंक तथा वित्तीय संस्था, निजी संघसंस्था समेतमा स्थानीय बिदा दिने निर्णय गरेको नगर प्रमुख कृष्णराज पण्डितले जानकारी दिए।
नगरपालिकाले दिवस अवसरमा शुक्लागण्डकी नगरपालिका तथा विश्वभर रहेका सम्पूर्ण आदिवासी जनजातिमा शुभकामना समेत दिएको छ।
प्रकाशित: २४ साउन २०८१ २१:३८
प्रतिक्रिया