टीआरसी प्रतिवेदन ओली, देउवा र प्रचण्डलाई हस्तान्तरण

हिमाल प्रेस २३ साउन २०८१ १२:२०
18
SHARES
टीआरसी प्रतिवेदन ओली, देउवा र प्रचण्डलाई हस्तान्तरण

काठमाडौँ- संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन तीन दलका तीन शीर्ष नेतालाई हस्तान्तरण गरिएको छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादित विषयलाई हल खोज्न गठन गरिएको कार्यदलले सिंहदरबारमा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरिएको हो।

कार्यदलमा गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा (एमाले) का मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा थिए।

कार्यदलले एक साताअघि नै सहमति जुटाए पनि शीर्ष नेताले समय नदिँदा बुझाइएको थिएन।  गत बिहीबार तीन दलका तीन नेताकानुन समितिका सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो।

प्रकाशित: २३ साउन २०८१ १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =