विद्युत् प्राधिकरणकाे सञ्चालक समितिमा कार्की र गुरुङ नियुक्त

हिमाल प्रेस २० साउन २०८१ १९:०५
132
SHARES
विद्युत् प्राधिकरणकाे सञ्चालक समितिमा कार्की र गुरुङ नियुक्त

काठमाडौँ-  नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त भएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार गुरुङ र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।

भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाएर उनीहरूकाे ठाउँमा गुरुङ र कार्की नियुक्त भएका हुन्। सञ्चालकमा नियुक्त कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् भने गुरुङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक एवम् पञ्चेश्वर विकास प्राधिकरणका पूर्वसीईओ हुन्।

हटाइएका पुन र आचार्यले डेडिकेटेड र ट्रंक लाइन विवादमा सरकार तथा विद्युत् नियमन आयोगको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको आरोप सरकारको थियो।

प्रकाशित: २० साउन २०८१ १९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =