कवि विप्लव प्रतीक ‘प्रेम साहित्य सम्मान’ बाट सम्मानित

हिमाल प्रेस १८ साउन २०८१ १६:०६
कवि विप्लव प्रतीक ‘प्रेम साहित्य सम्मान’ बाट सम्मानित

काठमाडौँ- कवि तथा गीतकार विप्लप प्रतीक सम्मानित भएका छन्। किताब जात्राको छैटौं संस्करणमा शुक्रबार यात्रा फाउण्डेसनले ‘प्रेम साहित्य सम्मान-२०८१’ बाट प्रतीकलाई सम्मानित गरेको हो।

पुरस्कार लिँदै प्रतीकले भने ‘सपना जस्तो लागिरहेको छ। काम गर्दै गएपछि सर सम्मानित भइँदोरहेछ।’ प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान १ लाख ११ हजार १ सय ११ राशीको छ।

कवि, लेखक, अनुवादक प्रतीकको नहारेको मान्छे (कविता संग्रह), अविजित (उपन्यास), साडेन फ्रोएडा (हाइकुु संग्रह) प्रकाशित छ। रंगकर्ममा पनि सक्रिय प्रतीक द पोइट आइडलका निर्णायकसमेत हुन्। कवि प्रतीकका दर्जनौ गीत चर्चित छन्।

प्रकाशित: १८ साउन २०८१ १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast