शास्त्रीय गायक कामतको निधनको शोकमा मधेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने

हिमाल प्रेस १८ साउन २०८१ १५:०५
10
SHARES
शास्त्रीय गायक कामतको निधनको शोकमा मधेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने

काठमाडौँ – शास्त्रीय संगीतका साधक तथा गायक गुरुदेव कामतको निधनको शोकमा मधेश प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ। गायक कामतको निधनको शोकमा प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको हो।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार शोक वक्तव्य जारी गर्दै प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरूमा आइतबार राष्ट्रिय झण्डा आधा झकुाउने जानकारी दिए। मुख्यमन्त्री सिंहले शोक वक्तव्य जारी गर्दै कामतको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

कामतले शिक्षा, चेतना र संस्कार उन्नयनमा संगीत विधालाई आजीवन अघि बढाएको उनले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ।

‘मनोरञ्जन र जीविकोपार्जनको माध्यम नभएर शिक्षा, चेतना र संस्कार उन्नयनका लागि संगीत विधालाई आजीवन अघि बढाउनुभएका स्व.गुरुदेव कामतको निधनप्रति शोक प्रकट गर्न प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डालाई झुकाउने निर्णयसमेत गरेको छ,’ शोक वक्तव्यमा भनिएको छ।

मुख्यमन्त्री सिंहले कामतको सांगीतिक स्वरको समग्रता र सम्पूर्णताले मधेशको भूमिलाई अनन्तकालसम्म गौरव–गरिमाबाट विभूषित गरिरहने उल्लेख गरेका छन्।

कामतको अतुल्य तथा विलक्षण प्रतिभाबाट धेरै संख्यामा संगीताभ्यासीहरू सुरसाधनाका गहनत्म पक्षलाई सरलतम ढंगले बुझ्न सक्षम भएको उनले जिकिर गरेका छन्। सिंहले भनेका छन्,‘उहाँकै प्रेरणा र सामीप्यताबाट संगीत विधामा संलग्न हुन नयाँ पुस्ताका प्रतिनिधिहरू उत्सुक र उत्कंठित भएको अवस्था छ।’

संवेदनशील साधकका रूपमा दिवंगत कामत नेपाली सांगीतिक आकाशमा सँधैभरि चम्किाले नक्षत्र भएर प्रेरित गरिरहने उनले उल्लेख गरेका छन्।

प्रकाशित: १८ साउन २०८१ १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast