सुमनाले ल्याएको शिक्षक सरुवा निर्देशिका खारेज गर्न महासंघको माग

हिमाल प्रेस १७ साउन २०८१ १३:५३
1.4k
SHARES
सुमनाले ल्याएको शिक्षक सरुवा निर्देशिका खारेज गर्न महासंघको माग

काठमाडौँ- नेपाल शिक्षक महासंघले निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ल्याएको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ खारेज गर्न सरकारसँग माग गरेको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई मंगलबार शिक्षक-कर्मचारीको पेसागत माग सम्बोधन गर्न ध्यानाकर्षण गराउँदै महासंघले शिक्षक सरुवा निर्देशिका पनि खारेज गर्न माग गरेकाे हाे।

महासंघले उक्त निर्देशिक अव्यावहारिक भएकाे जनाएकाे छ। महासंघले ध्यानाकर्षण पत्रमा भनेकाे छ,‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्रिस्तरीय निर्णयबाट जारी गरिएकाे शिक्षक सरुवा सम्बन्धी निर्देशिका खारेज गरियाेस्।’

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार शिक्षक-कर्मचारीका पेसागत माग समेटेर अर्थमन्त्री पौडेललाई १६ बुँदे ध्यानाकर्षणपत्र बुझाएकाे थियाे।

गत जेठ १३ गते जारी भएकाे उक्त निर्देशिका त्यतिबेलै नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले  कार्यान्वयन नगर्ने चेतावनी दिएको थियाे।

निर्देशिका


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =