एआईजी श्याम ज्ञवालीमाथि छानबिन : कांग्रेसकै गृहमन्त्री कांग्रेस सांसदकै आपत्ति

हिमाल प्रेस १६ साउन २०८१ १५:१९ | Wednesday, July 31, 2024
एआईजी श्याम ज्ञवालीमाथि छानबिन : कांग्रेसकै गृहमन्त्री कांग्रेस सांसदकै आपत्ति कांग्रेसका सांसद हृदयराम थानी। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद हृदयराम थानीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख श्याम ज्ञवालीमाथि छानबिन सुरु  गरेकोप्रति आपत्ति जनाएका छन्। आज बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै थानीले सरकार फेरिने बित्तिकै ज्ञवालीमाथि छानबिन थाल्दा भोलि आईजीपी कुँवरमाथि छानबिनको विषय उठ्ने बताएका हुन्।

उनले आईजीपी कुँवरलाई हिजो आफू मातहत रहेको र सँगै काम गरेको प्रहरी अधिकारीलाई आज किन छानबिन गर्नुपर्‍यो भन्दै प्रश्न गरे। कुँवरले उक्त बैठकमा ज्ञवालीमाथि छानबिन भइरहेको बताएपछि थानीले आपत्ति जनाएका हुन्।

‘सीआइबी प्रमुखमाथि छानबिन गर्न टेकबहादुर राईको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बन्यो रे। आईजीपी साप भोलि तपाईंमाथि पनि छानबिन होला,’ थानीले प्रश्न गर्दै भने, ‘तपाईँ हिजो त्यही एआईजीको हाकिम होइन?’ उनले बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकलाई प्रहरी सङ्गठन भद्रगोल रहेको र सोच विचार गरेर काम गर्न आग्रह गरे।

गृहमन्त्री लेखक र प्रश्नकर्ता सांसद थानी दुवैको दल नेपाली कांग्रेस हो।

ज्ञवालीले प्रहरी शक्ति र आफ्नो पदको दुरुपयोग गर्दै अनुसन्धान प्रभावित बनाउन खोजेको आरोपमा प्रहरी संगठनभित्रैबाट छानबिन सुरु भएको हो। ज्ञवालीमाथिको छानबिन अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा भइरहेको छ।

यो पनि

रविको अनुसन्धान रोकेको आरोपमा एआईजी श्याम ज्ञवालीमाथि छानबिन

 

प्रकाशित: १६ साउन २०८१ १५:१९ | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast