‘हिरामण्डी’ की सन्जिदा शेख नेपाल आउँदै

हिमाल प्रेस १६ साउन २०८१ १२:५८
‘हिरामण्डी’ की सन्जिदा शेख नेपाल आउँदै

काठमाडौँ- वेभ सिरिज ‘हिरामण्डी’को अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन्। उनी साउन २६ मा हुने गैह्रीधाराको एलिसमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ लन्चमा सहभागी हुने भएकी छन्।

ट्रुडर्मा ब्राण्डका कम्पनी कन्सल्टयान्ट दिपक जैशवालले ट्रु स्किन ब्राण्डको उत्पादनहरू उद्घाटन गर्न सन्जिदा शेख नेपाल आउन लागेको जानकारी दिए।

शेख आफैँले प्रोडक्टको अनावरण गर्नेछिन्। उनले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रु स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ।

नेपाली ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको उनले बताए। उनका अनुसार कलाकार शेख नयाँ स्किनकेयर प्रोडक्ट ‘ट्रु स्किन’को लन्चमा सहभागी हुने छिन् । ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो। जुन त्वचाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उनले उल्लेख गरे।

प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको जैशवालले जानकारी दिए। त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उनको भनाइ छ।

ट्रु डर्माले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्‍न यो प्रोडक्ट लन्चलाई ठूलो महत्व दिएको जैशवालले बताए।
‘यो नयाँ उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै स्वस्थ र सुन्दर त्वचाको चाहनालाई पुरा गर्ने विश्वास छ,’ उनले भने ।

प्रकाशित: १६ साउन २०८१ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast