ज्ञानोदयमा फेरि बाढी, पठपाठन बन्द

हिमाल प्रेस १६ साउन २०८१ ११:१३
1.5k
SHARES
ज्ञानोदयमा फेरि बाढी, पठपाठन बन्द काठमाडौँको पुरानो कालीमाटीस्थित ज्ञानोदय माविमा पसेको बाढी। तस्बिर सौजन्य : प्रकाश काफ्ले

काठमाडौँ– काठमाडौँको पुरानो कालीमाटीस्थित ज्ञानोदय माविमा बाढी पस्दा पठनपाठन बन्द गरिएको छ। अविरल वर्षापछि मंगलबार राति मनमती खोलामा आएको बाढी विद्यालयमा पसेको विद्यालयकी प्रधानाध्यापक विष्णु घिमिरे रिमालले बताइन्। विद्यालयमा बाढी पसेर १५ वटा कक्षा कोठा र स्टाफ कोठासमेत जलाम्मे भएका छन्।

बाढीले ती कोठामा रहेका शैक्षिक सामग्रीमा क्षति पुगेको रिमालले बताइन्। उनले भनिन्, ‘कक्षाकोठामा बाढी बस्दा फोहोर र लेदो जमेको छ। कक्षा सञ्चालन गर्न सक्ने अवस्था छैन। त्यसैले आजका लागि पठनपाठन बन्द गरिएको छ।’

स्थानीयले मनमती खोलाको दुवैतर्फ जग्गा मिचेका छन्। खोलालाई निकास दिन वडा तथा महानगरले कुनै पहल गरेको देखिँदैन। साउन ८ गते पसेको बढीले विद्यालयमा १७ वटा कोठा, शिक्षक कोठा, शैक्षिक सामग्री नष्ट गरेको थियो। महानगरका पदाधिकारीले विद्यालयमा पुगेर बाढी नियन्त्रणका लागि पहल गर्ने आश्वासन दिएका थिए। जनप्रतिनिधि र शिक्षाका अधिकारीहरूले तटबन्ध निर्माणका लागि आश्वासन दिए पनि कार्यान्वयन भएको छैन।

प्रकाशित: १६ साउन २०८१ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =