कृषि समितिमा थापा निर्वाचित

हिमाल प्रेस १५ साउन २०८१ १८:४३ | Tuesday, July 30, 2024
कृषि समितिमा थापा निर्वाचित

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद कुसुमदेवी थापा निर्वाचित भएकी छन्।

मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सभापतिमा कांग्रेसकी सांसद थापालाई निर्वाचित गरेको हो। यसअघि समितिको सभापतिमा थापाको मात्रै उम्मेदवारी परेको थियो।

सभापतिमा निर्वाचित भएपछि उनले कृषि क्षेत्रको सुधार र नीतिका निर्माणका लागि ध्यान केन्द्रित गर्ने बताए।

आरजु देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति रिक्त हुन पुगेको थियो।

प्रकाशित: १५ साउन २०८१ १८:४३ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast