पालेको अरिंगाल चोरी भएपछि वडामा उजुरी

हिमाल प्रेस १५ साउन २०८१ १३:४७ | Tuesday, July 30, 2024
2
SHARE
पालेको अरिंगाल चोरी भएपछि वडामा उजुरी

काठमाडौँ- गोरखामा घरमा पालेको अरिंगाल चोरी भएको छ। जिल्लाको सहिद लखन गाउँपालिका-७मा डिलबहादुर गरन्जाको घरमा हुर्किरहेको अरिंगाल चोरी भएको हो। वडा सदस्यसमेत रहेका डिलबहादुरले अरिंगाल चोरी भएपछि वडा कार्यालयमा निवेदन दिएका छन्। ‘अरिंगालको गोलो चोरी भएपछि छानबिनका लागि वडामा निवेदन परेको छ,’ वडा सदस्य शरण श्रेष्ठले भने, ‘अरिंगालको गोलो चोर्नेले घरमा पनि क्षति पुर्‍याएछन्।’

अरिंगाल चोर्नेहरूले केही महिनाअघि मात्रै रंगरोगन गरिएको घरको भित्तामा धुवाँ लगाएर क्षति पुर्‍याएका हुन्। गोरखाको सहिद लखन गाउँपालिका, गण्डकी गाउँपालिकाका स्थानीयले घरमा अरिंगाल पाल्ने गर्छन्।

प्रकाशित: १५ साउन २०८१ १३:४७ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast