राष्ट्रियसभा बैठक बस्दै

हिमाल प्रेस १५ साउन २०८१ ८:५२ | Tuesday, July 30, 2024
राष्ट्रियसभा बैठक बस्दै राष्ट्रियसभा बैठक। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजेका लागि बैठक बोलाइएको छ। बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने संसद् सचिवालयले जानकारी दिएको छ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रश्तत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

प्रकाशित: १५ साउन २०८१ ८:५२ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast