मस्को (रासस/एएफपी)- युक्रेनले सोमबार मुख्य सीमावर्ती क्षेत्रहरूलाई लक्षित गरी फायर गरेका ३९ वटा ड्रोन नष्ट गरेको रूसले दाबी गरेको छ।
रूसी हवाई प्रतिरक्षा प्रणालीले कुस्रक क्षेत्रमा १९, बेलगोरोड क्षेत्रमा नौ, भोरोनेज क्षेत्रमा तीन र ब्रायन्स्कको आकासमा पाँच वटा ड्रोन नष्ट गरेको रूसी रक्षा मन्त्रालयले टेलिग्राममार्फत सार्वजनिक गरेको छ।
यसै गरी सेन्ट पिटर्सबर्ग नजिकैको उत्तरपश्चिमी लेनिनग्राद क्षेत्रमा आक्रमणका लागि प्रयासरत अन्य तीन ड्रोन निष्क्रिय पारिएको जनाइएको छ।
पछिल्लो समय रूसी इन्धन डिपो, ऊर्जा केन्द्र र सीमावर्ती क्षेत्रहरूमा युक्रेनी ड्रोन आक्रमणका समाचार आइरहेका छन्। रूसले युक्रेनका विद्युत गृहहरूमा पछिल्दो समय निरन्तर आक्रमण गर्दा युक्रेनमा बिजुलीको गम्भीर अभाव भएको छ।
प्रकाशित: १४ साउन २०८१ १९:१६ | Monday, July 29, 2024
प्रतिक्रिया




