निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम अस्वीकृत

हिमाल प्रेस १४ साउन २०८१ १८:५३ | Monday, July 29, 2024
निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम अस्वीकृत पशुपतिशमशेर राणा। फाइल तस्बिर

काठमाडौँ- संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ। संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको सुनुवाइ समितिले प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो।

यसअघि सोमबार नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए। प्रस्तावित व्यक्तिले नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेकाले अस्वीकृत गर्ने निर्णय गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए।

यसअघि समितिमा प्रधानविरुद्ध निर्वाचन आयुक्त हुने उच्च नैतिक चरित्र नदेखिएको भन्दै उजुरी परेको थियो। संवैधानिक परिषद्ले असार ५ गते निर्वाचन आयुक्तमा प्रधानको नाम सिफारिस गरी सुनुवाइका लागि समितिमा पत्र पठाएको थियो।

प्रकाशित: १४ साउन २०८१ १८:५३ | Monday, July 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast