चितवन : तीन ठाउँमा शंकास्पद वस्तु

हिमाल प्रेस ३ मंसिर २०७९ ६:३५ | Saturday, November 19, 2022
चितवन : तीन ठाउँमा शंकास्पद वस्तु

चितवन- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शंकास्पद वस्तु भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शंकास्पद वस्तु भेटिएको हो।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुई स्थानमा नै निर्वाचनविरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा शंकास्पत वस्तु राखेका हुन्।

निर्वाचनको समयमा त्रास फैलाउनका लागि यस्तो गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उक्त वस्तुलाई आज बिहान ३ः३० बजे निस्क्रिय पारिएको कार्यालयले जनाएको छ।

यस्तै भरतपुर माहानगरपालिका-१६ वडा कार्यालय नजिक सिलिण्डरमा आगो लगाएर छाडेको पाइएको पण्डितले बताए। सो सिलिण्डरलाई सुरक्षित स्थानमा राखिएको उनले जानकारी दिए।

प्रकाशित: ३ मंसिर २०७९ ६:३५ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast