शिव मन्दिरमा भक्तजनको घुइँचो [तस्बिरहरू]

विजय नेपाल १४ साउन २०८१ ७:५०
6
SHARES
शिव मन्दिरमा भक्तजनको घुइँचो [तस्बिरहरू]

पोखरा- पोखरा बैदामस्थित केदारेश्वर मन्दिर दर्शनका लागि सोमबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। ‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदामले २३ वर्षदेखि यहाँ बोलबम पदयात्रा कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । साउनका हरेक सोमबार यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ।

साउनको पहिलो सोमबार झण्डै २५ हजार भक्तजनले केदारेश्वर मन्दिरमा जल चढाउनुका साथै दर्शन गरेको आयोजकले जनाएको छ । दोस्रो सोमबार पनि बिहान ४ बजेदेखि मन्दिर दर्शनका लागि भक्तजन लाइन बसेका थिए। मन्दिरका चारवटै ढोका खोलिएका छन्।

यो क्रम दिउँसो अबेरसम्म चल्नेछ। कतिपयले पोखरा १, शुक्लागण्डकी गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किलोमिटर पैदल यात्रासहित बैदामस्थित केदारेश्वरमा १०८ शिवलिंगमा जलार्पण गर्ने गर्दछन्। नौमति बाजा, भजनकीर्तन र झाँकीसहित निस्कने पदयात्रामा विभिन्न ठाउँबाट मानिसहरुको ठूलो उपस्थिति हुने गर्छ । बोलबमलाई विशेषगरी भारतीय नागरिकहरुले पनि निकै महत्वका साथ मनाउने गरेको पाइएको छ।

बोलबम पदयात्रामा सहभागीहरु मन्दिर आइसकेपछि शिवलिंगमा जल चढाउने र मन्दिर दर्शनसँगै मध्याह्न षोडस उपचारसहित विशेष पूजा आराधनादेखि भजन कीर्तनमा भाग लिने गर्छन्। सन्ध्याकालीन समयमा विशेष पूजासहित महाआरतीसँगै शिवसाधना हुने मन्दिरका सचिव ओमनाथ अधिकारीले बताए ।
विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष एवं बोलबम संयोजक शंकर खरालले बोलबमका कारण पोखरामा धार्मिक पर्यटनको क्षेत्रमा टेवा पुग्दै गएको बताउँछन्।

सेती नदीमा जल लिन जाने भक्तजनको सुरक्षाका लागि ३ वटै सुरक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टिम खटिएको छ ।
केदारेश्वर महादेवमणि सेवाश्रमका पिठाधीश डा। चिद्घन चैतन्यले साउन महिना भगवान् शिवको महिना भएको उल्लेख गर्दै यस बेला पूजाआराधना गरे मनोकांक्षा पूरा हुने बताउँछन्।

प्रकाशित: १४ साउन २०८१ ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =