विराटनगर- विराटनगर ३ पुष्पमार्गमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ। शंकास्पद वस्तु बम हुनसक्ने आशंकामा सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएका छन्।
आज बिहान ७ बजे बजेतिर शंकास्पद एउटा झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको जानकारी दिए।
निर्वाचन मिति नजिकिएसँगै देशका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला पर्ने क्रम बढेको छ।निर्वाचन बिथोल्ने मनासायले यस्ता गतिविधि बढेको भन्दै प्रहरीले सुरक्षा व्यवस्था थप मजबुत बनाइएको दाबी गरेको छ।
प्रकाशित: ३ मंसिर २०७९ ६:३२ | Saturday, November 19, 2022
प्रतिक्रिया




