रेलमा चेपिएर दासले गुमाए दुवै खुट्टा

हिमाल प्रेस १२ साउन २०८१ १७:१२ | Saturday, July 27, 2024
रेलमा चेपिएर दासले गुमाए दुवै खुट्टा फाइल तस्बिर

जनकपुरधाम – जनकपुर-जयनगर रेल्वेको लिकमा रेलबाट चेपिएर एकजनाले दुवै खुट्टा गुमाएका छन्।

जनकनन्दनी गाउँपालिका–३ महुवाका अन्दाजी ३५ वर्षीय श्रीराम दासले रेल्वे लिकमा परी दुवै खुट्टा गुमाएका हुन्।

शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिँडिरहेको समयमा जयनगरबाट आइरहेको रेलले हर्न दिँदा उनी अल्मलिएर रेलकै लिकमा परेका थिए।

लिकमा अल्झिएका उनले दुवै खुट्टा गुमाएको रेल्वे विभागका प्रवक्ता प्रहरी नायव उपरीक्षक दयाराम पौडेलले जानकारी दिए।

दासलाई उपचारका लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।

प्रकाशित: १२ साउन २०८१ १७:१२ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast