कर्णाली सरकारमा अब कांग्रेस हुन्छ : प्रमुख सचेतक विष्ट

हिमाल प्रेस ११ साउन २०८१ १२:३३ | Friday, July 26, 2024
कर्णाली सरकारमा अब कांग्रेस हुन्छ : प्रमुख सचेतक विष्ट

कर्णाली- नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले काँग्रेस अब छिट्टै सरकारमा सहभागी हुने जानकारी दिएका छन्।

संघमा राष्ट्रिय समीकरण परिवर्तन भएसँगै नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्मिलित सरकार बनेपछि कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ ।

माओवादी बाहिरिएसँगै रिक्त रहेका आर्थिक मामिला तथा योजना, जलस्रोत तथा ऊर्जा विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालय को नेतृत्व काँग्रेसले गर्नुपर्ने देखिएको प्रमुख सचेतक विष्टले बताए।

‘काँगेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाही, पार्टीसभापति र उपसभापतिले कर्णाली सरकारमा जाने विषयमा छलफल गरिरहनुभएको छ,’ उनले भने, ‘केही प्राविधिक कारणले ढिला भएपनि अब एक÷दुई दिनपछि काँग्रेस छिट्टै सरकारमा सहभागी हुन्छ ।’

सरकारमा कसको नेतृत्वमा को–को जाने भन्ने विषय पनि केन्द्रीय नेतृत्वको सहकार्य समन्वयमा दलको नेताले टुङ्ग्याउने प्रमुख सचेतक विष्टले बताए।

मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी आर्थिक मामिला मन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री बीरबहादुर शाही, जलस्रोतमन्त्री रनसिंह परियार र उद्योग, पर्यटनमन्त्री दुर्गबहादुर रावतले समर्थन फिर्ता लिँदै यही साउन ७ गते पदबाट राजीनामा दिएका थिए।

हाल रिक्त रहेका चारवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कँडेलले आफैँले हेरिरहेका छन्।

प्रकाशित: ११ साउन २०८१ १२:३३ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast