पहिराेले बेनी-जोमसोम सडक अवरुद्ध

हिमाल प्रेस ११ साउन २०८१ ९:३५ | Friday, July 26, 2024
पहिराेले बेनी-जोमसोम सडक अवरुद्ध

म्याग्दी- रघुगंगा गाउँपालिका-२ सिरुबारीमा खसेको पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। आज बिहान ठूलो ढुंगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजंग कार्कीले सडकमा खसेको ढुंगा फुटाउन ‘ब्रेकर’ सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिए।

‘लोडरले पहिरो र ब्रेकरले ढुंगा फुटाउने तयारी गरेका छौँ। आजै सडक खोल्ने लक्ष्यका साथ काम गरेका छाै‌ं,’ उनले भने।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुर पहिरो पन्छाउन परिचालन भएका छन्।

प्रकाशित: ११ साउन २०८१ ९:३५ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast