‘गोर्खे खुकुरी’ सेलिब्रेसनमा सार्वजनिक गरियो ‘माछी’ तीज गीत

हिमाल प्रेस १० साउन २०८१ १८:४५ | Thursday, July 25, 2024
‘गोर्खे खुकुरी’ सेलिब्रेसनमा सार्वजनिक गरियो ‘माछी’ तीज गीत

काठमाडौँ- ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’ गीतले ५ महिनाको अवधिमा युट्युबमा चार करोड २७ लाख बढी भ्युज पाएको छ।

‘माछी’ बोलको गीतमा शान्तिश्री परियार र समीक्षा अधिकारीले स्वर रहेको छ। सार्वजनिक गीतको भिडियोमा प्रियंका कार्की, लोमश शर्मा, कविता नेपाली र अनु परियारले नृत्य गरेका छन्।

लोमश शर्माको प्रस्तुति एवं भिडियो निर्देशन रहेको गीतमा पुरूषोत्तम गैरेको शब्द एवं संगीत छ। यसलाई कविराज गहतराजले कोरियोग्राफी, नवराज उप्रेतीले छायांकन एवं मनोज कार्कीले सम्पादन गरेका हुन्। ‘गोर्खे खुकुरी’मा निश्चल दवाडी र शान्तिश्रीको स्वर छ।

प्रकाशित: १० साउन २०८१ १८:४५ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast