लीला गिरीले दिए संसदीय दलको नेताबाट राजीनामा

हिमाल प्रेस ९ साउन २०८१ १०:४१ | Wednesday, July 24, 2024
लीला गिरीले दिए संसदीय दलको नेताबाट राजीनामा मुख्यमन्त्री लीला गिरी

काठमाडौँ- मुख्यमन्त्री नपाएपछि असन्तुष्ट बनेका नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले पदबाट राजीनामा दिएका छन्।

दलको नेता छोडेर उपनेतालाई मुख्यमन्त्री बनाउन एमाले केन्द्रबाट निर्देशन आएपछि उनी असन्ष्ट छन्। ‘हो, उहाँले राजीनामा दिइसक्नुभयो। मलाइ पनि भन्नुभयो।’ एमाले लुम्बिनी अध्यक्ष राधाकृष्ण कँडेलले हिमाल प्रेससँग भने।

बुधबार दलको उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि दलको नेता लीला गिरी राजिनामा दिएका हुन्। उनी अन्य पदमा भने यथावत् रहेको कँडेलले जानकारी दिए।
उनी एमालेको पोलिट्ब्युरो सदस्य सदस्य समेत हुन्।

प्रकाशित: ९ साउन २०८१ १०:४१ | Wednesday, July 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast