घुससहित पक्राउ परेका इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस ८ साउन २०८१ १८:२२ | Tuesday, July 23, 2024
घुससहित पक्राउ परेका इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इन्जिनियर मो.अख्तर हुसैनविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

एक लाख घुससहित पक्राउ परेका इन्जिनियर हुसैनविरूद्ध अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

खेलकुद मैदान निर्माणकार्य सम्पन्न भएपश्चात भुक्तानीका लागि सेवाग्रहीसँग एक लाख घुस लिइरहेको अवस्थामा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले हुसैनलाई नियन्त्रणमा लिएको थियो।

हुसैनविरूद्ध रू. एक लाख बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी लिई मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

 

प्रकाशित: ८ साउन २०८१ १८:२२ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast