टी–२० महिला एसिया कप : पाकिस्तानसँग युएई १० विकेटले पराजित

हिमाल प्रेस ८ साउन २०८१ १७:०८ | Tuesday, July 23, 2024
टी–२० महिला एसिया कप : पाकिस्तानसँग युएई १० विकेटले पराजित

काठमाडौँ- श्रीलंकाको दाम्बुलामा जारी टी–२० महिला एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा पाकिस्तानले युएईलाई १० विकेटले पराजित गरेको छ।

१०४ रनको लक्ष्य पछ्याइको पाकिस्तानले युएईलाई १० विकेटले पराजित गरेको हो।

पाकिस्तानले १४.१ ओभरमा कुनै विकेट नगुमाइ १०७ रन बनायो।

पाकिस्तानका लागि मुनिबा अलीले ३७ र गुल फिरोजाले ६२ रन बनाइन्। ५५ बलको सामना गरेको फिरोजाले ८ चौका प्रहार गरिन्।

टस हारेर ब्याटिङका लागि निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०३ रनमात्रै बनाउन सक्यो।

सेमिफाइनलसम्मको यात्रा तय गर्न नेपालका लागि महत्वपूर्ण ठानिएको खेलमा पाकिस्तानले युएईलाई पराजित गरेको हो।

पाकिस्तानको यो जितसँगै सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना न्यून भएको छ।

समूह ‘ए’ अन्तर्गतकै दोस्रो खेलमा मंगलबार साँझ नेपाली टोली बलियो टिम ठानिएको भारतसँग भिड्दैछ।

सेमिफाइनलसम्मको यात्रा तय गर्न प्रतियोगिताको बलियो टोली भारतलाई हराउनैपर्ने बाध्यता नेपाली टोलीको रहेको छ।

युएईका लागि तीर्थ सतीशले सर्वाधिक ४० रन बनाइन्। ३६ बलको सामना गरेकी उनले ५ चौका प्रहार गरिन्।

त्यस्तै इशा ओजा १६, खुशी शर्मा १२, रिनिथा राजीथले ६ रनको योगदान दिइन्।

पाकिस्तानका लागि सादिया इकवाल, नासरा सन्धु र टुवा हसनले २–२ तथा नीदा दारले १ विकेट लिइन्।

 

प्रकाशित: ८ साउन २०८१ १७:०८ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast