उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय

हिमाल प्रेस ८ साउन २०८१ १६:१५ | Tuesday, July 23, 2024
उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरूको काटिएको लाइन जोड्ने निर्णय गरेको छ। प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको प्राधिकरणले जनाएको छ।

आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा नियमाअनुसार फेरि बक्यौता असुल उपर गर्न कारबाही अगाडि बढाउने निर्णय गरिएको छ।

लोडसेडिङका बेला ट्रंक र डेडिकेटेड लाइनमार्फत बिजुली खपत गरेका उद्योगीले अर्बौँ रुपैयाँ महसुल तिर्न बाँकी रहेको प्राधिकरणले बताउँदै आएको छ। उद्योगीहरूले भने बिजुली खपतको प्रमाणसहित पठाइएको महसुल तिरिसकिएको र प्रमाणबिनाको महसुल तिर्न नसक्ने बताउँदै आएका छन्।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसँग यसबारेमा छलफल गरेका थिए। सो क्रममा घिसिङले प्राधिकरणको सञ्चालक समितिमा प्रस्ताव लैजाने बताएका थिए। सोही अनुसार प्राधिकरणले बिजुली जोड्ने निर्णय गरेको हो। विपक्षी दलहरूले भने उठाउनुपर्ने महसुल नउठाएर अनियमितताको आशंका गर्दै आएका छन्।

प्रकाशित: ८ साउन २०८१ १६:१५ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast