लुम्बिनीमा गिरी बने गुटको सिकार, आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन

हिमाल प्रेस ७ साउन २०८१ १२:१० | Monday, July 22, 2024
लुम्बिनीमा गिरी बने गुटको सिकार, आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन चेतनारायण आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने भएका छन्। पार्टी केन्द्रको निर्देशनअनुसार यसअघि मुख्यमन्त्रीको तयारीमा जुटेका संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्रीबाट पछि हटेका हुन्।

पार्टीले महासचिव शंकर पोख्रेल निकट मानिने आचार्यलाई मुख्यमन्त्री बनाउन अचानक निर्देशन दिएको हो। पार्टी केन्द्रको निर्देशनअनुसार उपनेता आचार्यलाई मुख्यमन्त्रीका रूपमा दाबी पेस गर्ने नेकपा एमालेका सांसद भोजप्रसाद श्रेष्ठले बताए। ‘मुख्यमन्त्रीमा चेतनारायण आचार्यको नेतृत्वमा सरकार बनाउने गरी दाबी पेस गर्दैछौँ। पार्टी केन्द्रको निर्देशन त्यही आयो’, उनले भने।

तीन पटक मन्त्री बनेका आचार्य यसपटक संसदीय दलका नेतासमेत रहेका गिरीलाई उछिनेर मुख्यमन्त्री बन्न लागेका हुन्। अर्घाखाँची निर्वाचत क्षेत्र १ (१) बाट निर्वाचित सांसद आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए। उनी एमालेकै लीला गिरी नेतृत्व सरकरमा ग्रामीण खानेपानी तथा सहरी विकासमन्त्री थिए।

माओवादी नेता जोखबहादुर महराको नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री रहेका आचार्य लुम्बिनीका छैटौँ मुख्यमन्त्री बन्नेछन्। लुम्बिनीमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको गुटका कारण सरकार र दल गठनमा प्रभाव पर्ने गरेको छ।

प्रकाशित: ७ साउन २०८१ १२:१० | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast