धर्म निरपेक्षता र संघीयताबारे पुनर्विचारका पक्षमा राप्रपा नेपाल

हिमाल प्रेस ६ साउन २०८१ २२:२१ | Sunday, July 21, 2024
धर्म निरपेक्षता र संघीयताबारे पुनर्विचारका पक्षमा राप्रपा नेपाल राप्रपा नेपालको मानवअधिकार तथा कानुन विभागद्वारा आइतबार राजधानीमा आयोजित ‘नेपालको संविधान २०७२ : ९ वर्षको अनुभव’ विषयक विचार गोष्ठी। तस्बिर सौजन्य : राप्रपा नेपाल

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधन गर्ने नै हो भने धर्म निरपेक्षता र संघीयताबारे पुनः विचार गर्नुपर्ने बताएका छन्। राप्रपा नेपाल निकट मानवअधिकार तथा कानुन विभागद्वारा आइतबार राजधानीमा आयोजित ‘नेपालको संविधान २०७२ स ९ वर्षको अनुभव’ विषयक विचार गोष्ठीमा उनले देशलाई भ्रष्टाचारमुक्त गर्ने गरी शासकीय स्वरूप बदल्नुपर्ने धारणा राखे।

राप्रपा नेपालका वरिष्ठ नेता एवं वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले जनताको चेतनास्तर सँगसँगै संविधानलाई पनि समयानुसार संशोधन गर्नुपर्ने गर्नुपर्ने बताए। वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले पनि संविधानलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको धारणा राखे।

अर्का वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले वर्तमान निर्वाचन प्रणालीले देशमा भ्रष्टाचारलाई थप मलजल गरेकाले यस विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्न आवश्यक रहेकामा जोड दिए। संविधान संशोधन गर्दा हिन्दु, बौद्ध, किरातलगायत सभ्यतालाई कायम राख्न उनले आग्रह गरे। मानवअधिकार तथा कानुन विभागका महासचिव एवं अधिवक्ता भूपेन्द्रप्रसाद पोखरेलले सबैको सहमतिमा समय सान्दर्भिक संविधान संशोधन हुनुपर्ने बताए।

प्रकाशित: ६ साउन २०८१ २२:२१ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast