एमालेका लिला गिरी लुम्बिनीको मुख्यमन्त्री बन्दै

हिमाल प्रेस ६ साउन २०८१ १२:१९
6
SHARES
एमालेका लिला गिरी लुम्बिनीको मुख्यमन्त्री बन्दै मुख्यमन्त्री लीला गिरी

काठमाडौँ- नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरी सो प्रदेशका नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । माओवादीबाट मुख्यमन्त्री बनेका जोख बहादुर महरा पदमुक्त हुने निश्चित भएसँगै कांग्रेस र एमालेको गठबन्धन लीला गिरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको हो ।

दुई दलमा भएको सहमतिअनुसार एमालेको भागमा मुख्यमन्त्री परेसँगै गिरिलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान भएपछि गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले संयुक्त रूपमा दाबी पेस गर्ने उनले बताए ।

आइतबार दिउँसो १ बजेलाई आह्वान गरिएको प्रदेश सभा बैठक अझैसम्म सुरु भएको छैन । प्रदेशसभा सचिवालयले अब केही समय पछि बैठक सुरु हुने जनाएको छ ।

प्रकाशित: ६ साउन २०८१ १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast