‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ लोकार्पण

हिमाल प्रेस ५ साउन २०८१ २०:०३
24
SHARES
‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ लोकार्पण

काठमाडौँ- ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ नामक ग्रन्थ लोकार्पण गरिएकाे छ। पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, शिक्षाविद् प्रा.डा.सुरेशराज शर्मा र महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले आज काठमाडौँमा सामूहिक लोकार्पण गरेका हुन्।

समारोहमा समालोचक प्रा.केशव सुवेदीले सो ग्रन्थबारे समीक्षात्मक मन्तव्य राखेका थिए। नइ प्रकाशनकी कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाईले ग्रन्थबारे बाेले।

नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईबाट सम्पादित ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ नामक ग्रन्थमा पूर्वप्रधानमन्त्री विष्टको राष्ट्रिय राजनीतिक योगदानको चित्र प्रस्तुत गरिएको छ। सो ग्रन्थ नइ प्रकाशनको १८३ औँ कृतिका रूपमा प्रकाशित भएको हो।

‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ नामक ५८८ पृष्ठको ग्रन्थमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल, राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, सीपी मैनाली, पशुपतिशमशेर राणा, नवराज सुवेदी, अर्जुननरसिंह केसी, कमल थापा, डा.भेषबहादुर थापा, भद्रकुमारी घले, कृष्णप्रसाद भण्डारी, लोकमानसिंह कार्कीसमेत ६९ जना व्यक्तिहरूका लेखहरू समेटिएका छन्।

प्रकाशित: ५ साउन २०८१ २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast