महिला एसिया कपमा पाकिस्तानलाई हराउँदै भारतको विजयी सुरुवात

हिमाल प्रेस ५ साउन २०८१ ७:३३
12
SHARES
महिला एसिया कपमा पाकिस्तानलाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौँ- भारतले महिला एसिया कपमा पाकिस्तानलाई पराजित गरेको छ। श्रीलंकाको डम्बुलामा शुक्रबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ७ विकेटबाट हराएको हो।

पाकिस्तानीले दिएको १०८ रनको ल्रक्ष्य भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। भारतका स्मृति मानधनाले ४५ रन बनाइन्। शफाली बर्माले ४० तथा दयालन हेमलताले १४ रन बनाइन्। पाकिस्तानका लागि सैयदा आरुब शाहले २ विकेट र नशरा सन्धुले १ विकेट लिइन्।

त्यसअघि पाकिस्तानी कप्तान निदा दारले टस जितेर पहिले ब्याटिङ गर्दै १९.१ ओभरमा १०८ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

पाकिस्तानका सिद्रा अमिनले २५ रन तथा तुबा हसन र फातिमा सानाले समान २२ रन बनाइन्। भारतका लागि दिप्ती शर्माले ३ विकेट तथा रेणुका सिंह, पूजा वस्त्रकार र श्रेयंका पाटिलले २र२ विकेट लिए।

प्रकाशित: ५ साउन २०८१ ७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =