एकै वर्षमा १ लाख ७६ हजारले घुमे चितवन राष्ट्रिय निकुञ्ज

हिमाल प्रेस ५ साउन २०८१ ७:२५
6
SHARES
एकै वर्षमा १ लाख ७६ हजारले घुमे चितवन राष्ट्रिय निकुञ्ज

काठमाडौँ- चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिएका छन्। गत आर्थिक वर्षमा हालसम्मकै धेरै पर्यटक निकुञ्ज प्रवेश गरेका हुन्। भरतपुर महानगरपालिकाले घोषणा गरेको भरतपुर भ्रमण वर्षको प्रभावका कारण पनि थप पर्यटक आएका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा तीन लाख ६ हजार ८३७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन्। अघिल्लो आर्थिक वर्षमा यो संख्या दुई लाख ९९ हजार ४१२ रहेको थियो। निकुञ्जले यो संख्या नै हालसम्मको उच्च रहेको जनाएको थियो। त्यो तथ्यांकलाई पार गर्दै गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षकोभन्दा सात हजार ४२५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन्।

तिवारीका अनुसार गत आर्थिक वर्षमा नेपाली एक लाख ७६ हजार ३१६ भित्रिएका थिए। अघिल्लो आर्थिक वर्षमा नेपालीको संख्या दुई लाख पाँच हजार छ सय पाँच थियो। यसैगरी गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार ४७१ र अघिल्लो आर्थिक वर्षमा ३७ हजार ९३५ पर्यटक भित्रिएका थिए।

यस्तै अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० र अघिल्लो आर्थिक वर्षमा ५५ हजार ८७२ भित्रिएका थिए। यो तथ्यांकलाई हेर्दा गत आवमा अघिल्लो वर्षको तुलनामा तेस्रो मुलुकका पर्यटक निकै बढेका छन्। सार्क मुलुकका पर्यटकको संख्या हाराहारी नै छ भने नेपालीको संख्या घटेको छ।

निकुञ्जमा कूल पर्यटक र त्यसमा पनि विदेशी पर्यटक बढेसँगै राजस्व निकै बढेको छ। तिवारीका गत आवमा पर्या–पर्यटनबाट ३० करोड ५७ लाख १८ हजार चार सय राजस्व संकलन भएको छ। अघिल्लो आवमा यो रकम २२ करोड ९३ लाख ९५ हजार ९५० थियो। आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए। यो आवमा ११ करोड ४९ लाख ९७ हजार ४१३ राजस्व सङ्कलन भएको थियो।

यसैगरी आव २०७७/७८ मा ९८ हजार ९२८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार ३७६ राजस्व सङ्कलन भएको थियो। आव २०७६र७७ मा एक लाख ८२ हजार ४३५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए। सो आवमा १९ करोड ९२ लाख ५५ हजार ६८१ राजस्व सङ्कलन भएको थियो।

तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/३२ देखि निकुञ्जमा पर्यटकको तथ्यांक राख्न थालिएको हो। त्यसवर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्यांक छ। यसबाट एक लाख ४० हजार २९८ राजस्व संकलन भएको थियो । दोस्रो वर्ष अर्थात् आर्थिक वर्ष २०३२र३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज भित्रिँदा दुई लाख एक हजार चार सय २१ राजस्व प्राप्त भएको थियो।

सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रचार भइरहेकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको बताए।

भ्रमण वर्षमा आउने पर्यटक मुख्य गन्तव्य निकुञ्ज रहेको भन्दै उहाँले जहाँ बसे पनि पर्यटक निकुञ्ज घुम्न जाने गरेको बताए। ‘निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्या बढ्नुमा भरतपुर भ्रमण वर्ष पनि हो,’ उनले भने।

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु, चराचुरुंगी, वनस्पति, जलचरको अध्ययन, अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्।

प्रकाशित: ५ साउन २०८१ ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast