जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

हिमाल प्रेस ३ साउन २०८१ ७:१३ | Thursday, July 18, 2024
जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ सांकेतिक तस्बिर।

तनहुँ- बैदेशिक रोजगारीमा जापान पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा तनहुँकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास–१२ कमलबारी निवासी ३८ वर्षीय मनुमाया थापा मंलबार पक्राउ परेकी हुन् । थापाले भीमाद नगरपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–१ बगर निवासी ३८ वर्षिया रूपासरा रानालाई ठगी गरेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत रानालाई सम्पर्क गरी जापान पठाइदिन्छु भनी ठगी गरेको खुल्न आएको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार आरोपित थापाले विभिन्न बैंक खातामा पैसा जम्मा गर्न लगाएर ७९ लाख ९७ हजार ९१९ लिएकी थिइन्। प्रहरीले उनको साथबाट चार लाख ८० हजार र विभिन्न सात बैंकको चेक बुक बरामद गरेको छ।

उनले भने, ‘ठगीसम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।’ रासस

 

प्रकाशित: ३ साउन २०८१ ७:१३ | Thursday, July 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast