‘ज्वाइँ साब’ को छायांकन सकियो

हिमाल प्रेस २ साउन २०८१ १७:०२ | Wednesday, July 17, 2024
‘ज्वाइँ साब’ को छायांकन सकियो

काठमाडौँ- जितु नेपाल र नीति शाह मुख्य भूमिकामा रहेको फिल्म ‘ज्वाइँ साब’ को छायांकन सकिएको छ। मकवानपुरको चित्लाङ र चितवनको सौराहा आसपासमा ३० दिनमा फिल्मकाे छायांकन सकिएको हो।

निर्माण टिमका अनुसार फिल्म आगामी तिहारमा प्रदर्शन गर्ने तयारी छ। कमेडी जनरामा बनेको सामाजिक र पारिवारिक कथा रहेको फिल्मका निर्देशक बसन्त निरौला हुन्। सविन अधिकारीको कथा रहेको फिल्ममा शंकर धितालको पटकथा तथा संवाद छ।

फिल्ममा बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत (जिरे)लगायत कलाकारको अभिनय छ।

फिल्मका प्रस्तुतकर्ता राजकुमार पण्डित हुन्। श्याम तामाङले छायांकन गरेको फिल्मकाे निर्मातामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ छन्। फिल्मओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको हो।

प्रकाशित: २ साउन २०८१ १७:०२ | Wednesday, July 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast