कोरियन भाषामा ‘गोर्खा वारियर’ प्रदर्शन हुने

हिमाल प्रेस २ साउन २०८१ ११:५५ | Wednesday, July 17, 2024
कोरियन भाषामा ‘गोर्खा वारियर’ प्रदर्शन हुने

काठमाडौँ-  फिल्म ‘गोर्खा वारियर’ दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ। कोरियन भाषामा पहिलोपटक नेपाली फिल्म प्रदर्शन हुन लागेको हो। फिल्म वितरण कम्पनी मुभमेन्ट पिक्चर कर्पोरेसनले फिल्मको कोरियन भाषामै पोस्टर सार्वजनिक गरेको छ।

‘कोरियका वितरण कम्पनी वारका फिल्ममा चासो राख्दा रहेछन्। उनीहरुको चासोअनुसार नै फिल्म त्यहाँ प्रदर्शन हुन लागेको हो’ निर्देशक मिलन चाम्सले भने।

गत वर्ष फागुनमा ११ गते प्रदर्शन भएकाे थियो। फिल्मका निर्देशक मिलन चाम्स हुन्। कोरियन भाषामा स्वरांकन भएको फिल्मलाई अंग्रेजी उपशीर्षकमा प्रदर्शन गरिनेछ।  फिल्म प्रदर्शन हुने समयमा निर्देशक चाम्स, अभिनेता रितेश चाम्स र निर्माता सुमन राई कोरिया जाने तयारीमा छन्।

फिल्म सन् १९४९ मा मलाया इमरजेन्सी जंगल वारमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा आधारित छ। फिल्ममा विजय लामा, शिशिर वाङ्देल, रितेश चाम्स, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, बिरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई लगायत कलाकारको अभिनय छ।

निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्म सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादनमा बनेको छ। फिल्मका निर्माता सुमन राई र सुस्मिता वाइबा हुन्।

याे पनि

वीर गोर्खालीको गाथा

 

प्रकाशित: २ साउन २०८१ ११:५५ | Wednesday, July 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast