काठमाडौँ- नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेकाहरूले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर बीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेलगत्तै प्रदीप पौडेल पदभार ग्रहण गर्न मन्त्रालय पुगेका थिए। पदभार ग्रहणपछि उनी सानेपा पुगे। बाँकी मन्त्रीहरूले पद तथा गोपनीयताको शपथपछि सिधै सानेपा पुगेर नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका हुन्।
पार्टी कार्यालयमा माल्यार्पण गरेलगत्तै मन्त्रीहरू आ-आफ्ना मन्त्रालयतर्फ लागेका छन्। कांग्रेसबाट उपप्रधानसहित नौजना मन्त्री बनेका छन्।
प्रकाशित: ३१ असार २०८१ १५:३६ | Monday, July 15, 2024
प्रतिक्रिया




