काठमाडौँ- नेकपा एमाले काठमाडौँ ५ को निर्वाचन परिचालन कमिटीले प्रदेशसभा उम्मेदवार पक्राउ प्रकरण हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटना भएको प्रष्टीकरण दिएको छ।
नेकपा एमाले काठमाडौँका अध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर ५ (२) का प्रदेशसभा सदस्यका उमेदवार दीपक निरौला, बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल आज साँझ बूढानीलकण्ठमा लामो समयदेखि क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्तान लामाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गएको विज्ञप्तीमा उल्लेख छ।
राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने र पैसा बाँडेको भनी बदनाम गराउने जस्ता घृणित कार्य गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: ३ मंसिर २०७९ ६:१८ | Saturday, November 19, 2022
प्रतिक्रिया



