बुद्धिसागरको लेखनमा ‘के घर के डेरा : घर नम्बर २’ बन्दै, खगेन्द्र लामिछाने अनुबन्धित

हिमाल प्रेस २९ असार २०८१ १०:५७ | Saturday, July 13, 2024
बुद्धिसागरको लेखनमा ‘के घर के डेरा : घर नम्बर २’ बन्दै, खगेन्द्र लामिछाने अनुबन्धित

काठमाडौँ- ‘के घर के डेरा : घर नम्बर २’मा खगेन्द्र लामिछाने अनुबन्धित भएका छन्। शुक्रबार उनको जन्मदिनको अवसर पार्दै फिल्ममा अनुबन्ध गरिएको हो। यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन्। साउनको २५ गतेबाट छायाँकनमा जाने यस फिल्ममा राम्रो टिम र राम्रो कथा रहेकोले आफू पनि यसको हिस्सेदार बन्न पाउँदा खुसी लागेको लामिछानेले बताए।

फिल्ममा अन्य कलाकारहरूको बारेमा भने खुलासा गरिएको छैन। यो फिल्मलाई चर्चित लेखक बुद्धि सागरले लेखेका हुन्। निर्देशक खनाल यस अगाडि सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत थापाको कथामा फिल्म ‘मेयर’ बनाउँदै छन् । उनको पाइप लाइनमा ‘आमा २’, ‘पशुपति प्रसाद ३’ र ‘चङ्गा चेट’ रहेको छ।

‘के घर के डेरा : घर नम्बर गत वर्ष रिलिज भएको फिल्म हो। जहाँ दयाहाङ राई र विपिन कार्की रहेका छन्।

फिल्मले घर नहुँदा काठमाडौँमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यंग्य गरेको छ। मध्यमवर्गीय मानिसका लागि घर किन्ने सपना र त्यसले निम्त्याउने सामाजिक परिणती फिल्मको कथा थियो।

प्रकाशित: २९ असार २०८१ १०:५७ | Saturday, July 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast