दोस्रो दिन पनि सुरक्षा निकायले खोज्न थाल्यो त्रिशूलीमा दुर्घटना भएकाे बस र यात्री

हिमाल प्रेस २९ असार २०८१ ७:२६ | Saturday, July 13, 2024
दोस्रो दिन पनि सुरक्षा निकायले खोज्न थाल्यो त्रिशूलीमा दुर्घटना भएकाे बस र यात्री फाइल तस्बिर।

काठमाडौँ- नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर दुईवटा यात्रुवाहक बस खसेको घटनामा खोजी फेरि सुरु भएको छ।

बाह्र घण्टापछि पनि त्रिशूलीमा खसेका बसको कुनै संकेत नभेटिएपछि राति भएपछि शुक्रबार खोजी स्थगित गरिएको थियो। त्रिशूली नदीमा खोजी तथा उद्धारकार्यका लागि सुरक्षाकर्मीहरू परिचालित भएका छन्। निरन्तरको वर्षाले गर्दा त्रिशूली नदीमा पानीको प्रवाह तीव्र भएका कारण खोजतलासमा समस्या छ।

घटना भएको २८ घण्टा बितिसकेको छ। तर, कुनै यात्रु भेटिनु त परको कुरा पहिचान वा संकेत समेत भेटिएको छैन। सडकबाट त्रिशूली नदीमा खस्दा बेपत्ता भएका यात्रु र बसको हालसम्म कुनै संकेत भेटिएको छैन। शुक्रबार बिहान झन्डै ३ः३० बजेतिर दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेर हराइरहेको छ।

शुक्रबार दिउँसो झन्डै ४ः३० सम्म उद्धारकर्मीहरूले चुम्बक प्रयोग गरेर खोज्दा पनि सफलता नमिलेको चितवनाका जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए।

उनका अनुसार नदीमा पानीको सतह दुई मिटरले घटे पनि पानी धमिलो भएकाले गोताखोरहरू धेरै भित्र पस्न सकेनन् । त्यसपछि चुम्बक प्रयोग गरिएको थियो। पहिरोले बगाएर नदीमा पुर्‍याएका दुई बसमध्ये एउटा वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको र अर्को काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बताइएको छ।

पर्साको वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा थियो । काठमाडौबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसमा २७ जना यात्रु थिए । बसमा कम्तीमा ६० यात्रु रहेको अनुमान छ । गौरतर्फ जान लागेको बसका तीन यात्रु जीवितै फेला परेका थिए ।

प्रकाशित: २९ असार २०८१ ७:२६ | Saturday, July 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast