कञ्चनपुरमा भएको अत्यधिक वर्षाबारे अध्ययन गरिँदै

हिमाल प्रेस २८ असार २०८१ ५:५७
14
SHARES
कञ्चनपुरमा भएको अत्यधिक वर्षाबारे अध्ययन गरिँदै

काठमाडौँ- कञ्चनपुरमा अत्यधिक वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्न लागेको छ। विभागले बिहीबार त्यसतर्फ विज्ञसहितको टोली पठाइसकेको जनाएको छ। विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेल नेतृत्वमा बिहीबार टोली कञ्चनपुर गएको हो।

उनका अनुसार त्यहाँको वर्षा मापन केन्द्रको अवस्था, वस्तुस्थिति तथा प्राविधिक पक्षको समेत अध्ययन गरिनेछ। कतिपय अवस्थामा वास्तविकतामाथि समेत प्रश्न उठेकाले वास्तविक के कस्तो हो,यन्त्र उपकरण ठीक छ, की छैनलगायत सबै विषयमा अध्ययन गरिने उनको भनाइ छ।

अध्ययनका क्रममा त्यस क्षेत्रको क्षतिको अवस्थासहित स्थानीय पालिकाका प्रतिनिधि, स्थानीयबासी तथा सरकारी अधिकारीसँग समेत जानकारी लिइने जनाइएको छ।

कञ्चनपुरको दोधारा, हनुमाननगर र सुन्दरपुर क्षेत्रमा यही असार २३ र २४ गते परेको मुसल्धारे वर्षाले ७८ वर्षयताकै ‘रेकर्ड ब्रेक’ गरेको थियो। त्यहाँ विभागले स्वचालित वर्षा मापन केन्द्र स्थापना गरिएको छ।

सो क्षेत्रमा २००३ सालयताकै बढी वर्षा मापन भएको थियो। विभागबाट प्राप्त विवरणअनुसार दोधारामा छ सय २४ मिलिमिटर, हनुमाननगरमा पाँच सय ७३ दशमलव ६ मिलिमिटर तथा सुन्दरपुरमा पाँच सय ५५ दशमल आठ मिलिमिटर वर्षा मापन गरिएको थियो।

प्रकाशित: २८ असार २०८१ ५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =