सुन प्रतितोला कति रुपैयाँमा कारोबार भइरहेकाे छ?

हिमाल प्रेस २६ असार २०८१ ११:३३ | Wednesday, July 10, 2024
सुन प्रतितोला कति रुपैयाँमा कारोबार भइरहेकाे छ?

काठमाडाैँ- नेपाली बजारमा आज सुनको भाउ स्थिर छ भने चाँदीकाे घटेको छ। मंगलबार प्रतितोला नौ सयले घटेको सुनको भाउ आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि सुन सोही भाउमा किनबेच भएको थियो। त्यसैगरी, बुधबार चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।

प्रकाशित: २६ असार २०८१ ११:३३ | Wednesday, July 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast