बसबाट ओर्लिएर बाटो काट्ने क्रममा बसकै ठक्करबाट एककाे मृत्यु

हिमाल प्रेस २२ असार २०८१ १८:२४
18
SHARES
बसबाट ओर्लिएर बाटो काट्ने क्रममा बसकै ठक्करबाट एककाे मृत्यु प्रतीकात्मक तस्बिर।

पोखरा- पाेखरामा बसबाट ओर्लिएर बाटो काट्ने क्रममा सोही बसकाे ठक्करबाट मृत्यु हुने क्रम राेकिएको छैन। पोखरामा शनिबार फेरि यस्तै दुर्घटना भएकाे छ।

पोखरा विन्ध्यवासिनी चोकबाट सराङकोट जाँदै गरेको ग१ख ४१५६ नम्बरको बसबाट ओर्लिएर बाटो काट्ने क्रममा स्थानीय ७२ वर्षीय ललिता थापालाई शनिबार दिउँसो पौने ४ बजे सोही बसले ठक्कर दिएको छ।

ठक्करबाट घाइते थापालाई मणिपाल शिक्षण अस्पताल लगिएकाेमा चिकित्सकले दिउँसो करिब ४ बजे मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

पोखरा लेखनाथमा गत साता पनि यस्तै प्रकृतिको घटनामा एक वृद्धाको मृत्यु भएको थियाे।

प्रकाशित: २२ असार २०८१ १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =