मधेश सरकारबाट माओवादी, एकीकृत समाजवादीसहित ४ दलका मन्त्री बर्खास्त

हिमाल प्रेस २२ असार २०८१ १३:२०
2
SHARE
मधेश सरकारबाट माओवादी, एकीकृत समाजवादीसहित ४ दलका मन्त्री बर्खास्त

जनकपुरधाम- मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा रहेका ४ दलका ६ मन्त्रीलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री सिंहले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका हुन्।

नेकपा एमाले–नेपाली कांग्रेससँग भएको सहमतिअनुसार मुख्यमन्त्री सिंहले चार दलका ६ मन्त्री बर्खास्त गरेको बुझिएको छ। अर्थमन्त्री भरतप्रसाद साह, उद्योग बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, ऊर्जा सिंचाई तथा खानेपानी मन्त्री बेची लुंगेली, गृह तथा संचारमन्त्री विमला अन्सारी र श्रम तथा यातायात मन्त्री उर्मिला चौधरीलाई मुख्यमन्त्री सिंहले बर्खास्त गरेका छन्।

६ दलको समर्थनमा जनमत पार्टीका सिंह गत जेठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए। आजै कांग्रेस र लोसपालाई मधेश सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी समेत रहेको छ।

प्रकाशित: २२ असार २०८१ १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =