बैदेशिक रोजगारीमा जाने युवालाई सहकारीबाट ऋण

हिमाल प्रेस २२ असार २०८१ १२:३८
8
SHARES
बैदेशिक रोजगारीमा जाने युवालाई सहकारीबाट ऋण

सुर्खेत- सुर्खेतमा बैदेशिक रोजगारीमा जाने युवाले सहकारीबाट ऋण लिने गरेको खुलेको छ। सुर्खेतको वीरेन्द्रनगर वचत तथा ऋण सहकारी संस्थाले बैदेशिक रोजगारीमा जाने हालसम्म सात जना बैदेशिक रोजगारीमा गएका सदस्यलाई ४८ लाख ८१ हजार ७०६ रुपैयाँ ऋण दिएको जनाएको छ।

‘सहकारीले बैदेशिक रोजगारीमा जान चाहने सदस्यहरुका लागि ऋण लगानीको व्यवस्था गरेको छ,’ सहकारीका अध्यक्ष बमबहादुर बीसीले भने, ‘यो सुविधाले सहकारी सदस्यहरु बैदेशिक रोजगारीबाट आयआर्जन गरी जीविकोपार्जन तथा देशमा रेमिट्यान्स भित्र्याइरहेका छन्।’

सहकारीले उच्च शिक्षा अध्ययनन गर्न चाहाने शेयर सदस्यका छोराछोरीमाथि पनि लगानी गर्ने गरेको छ। सेयर सदस्यका छोराछोरीका लागि शैक्षिण ऋणको व्यवस्था गरिएको अध्यक्ष बीसीले जानकारी लिए। ‘हालसम्म शैक्षिक ऋण शीर्षकमा ३५ लाख २५ हजार ८६० रुपैयाँ लगानी गरिएको छ,’ उनले भने, ‘सहकारीमार्फत प्राप्त शैक्षिक ऋण लिएर अध्ययन गरेका धेरै जना अहिले इन्जिनियर, डाक्टर र प्रध्यापक हुनुहुन्छ।’

कृषि तथा पशुपालन

सहकारीले कृषि तथा पशुपालनतर्फ एक करोड ६५ लाख ६५ हजार १८१ रुपैयाँ लगानी गरेको छ। ‘तरकारी खेती, कुखुरापालन, बाख्रापालन, भैसीपालन व्यवसायमार्फत सेयर सदस्यहरुलाई स्वरोजगार बनाउने लक्ष्य सहकारी हो,’ विसीले भने, ‘यसले कृषि तथा पशुपालन व्यवसाय बढ्नुका साथै आयआर्जनमार्फत जीवनस्तरमा पनि सुधार आएको छ।

चालु आर्थिक वर्षको असार १५ सम्म सहकारीले व्यवसाय शीर्षकमा ५७ करोड ८३ लाख ९६ हजार ६५९ रुपैयाँ लगानी गरेको छ। यसबाट प्रदेश राजधानीमा ठूला होटल तथा थोक व्यवसाय सञ्चालन भइरहेको सहकारीले जनाएको छ।

सहकारीले ठूलो लगानीबाट रोजगारी सृजना हुनुका साथै ठुला व्यावसायीले तिरेको करले सरकारी आयमा पनि योगदान पुगेको जनाएको छ। यही अवधिमा सहकारीले हायरपर्चेज शीर्षकमा चार करोड ४१ लाख ६८ हजार लगानी गरेको छ। सहकारीले लघुउद्यम शीर्षकमा दुई करोड ९८ लाख ७४ हजार ऋण लगानी गरेको छ भने युवा स्वरोजगार कोषसँगको सहकार्यमा ५८ लाख ५८ हजार २३५ रुपैयाँ शेयर सदस्यहरुलाई लगानी गरेको छ।

सहकारीका प्रवन्ध निर्देशक छत्र थापाले चालू आर्थिक वर्षको असार १५ सम्म विभिन्न शीर्षकमा गरेर ९४ करोड ७४ लाख पाँच हजार ७६८ रुपैयाँ ऋण लगानी रहेको बताए।

सहकारीको शेयर पुँजी १५ करोड चार लाख २१ हजार सात सय रुपैयाँ छ भने बचततर्फ ७६ करोड ३२ लाख ४१ हजार ८८८ रुपैयाँ रहेको थापाले जानकारी दिए । यस्तै बाह्य ऋण १८ करोड ७६ लाख ९३ हजार ४३२ रुपैयाँ छ भने तिर्नुपर्ने दायित्व तीन लाख ७२ हजार ७८८ रुपैयाँ छ।

सहकारीसँग असार १५ सम्मभ ४६ लाख ५० हजार ८१८ रुपैयाँ नगद मौज्दान छ भने बैंक मौज्दात १८ करोड ३७ लाख ४७ हजार ९८८ रुपैयाँ छ । सहकारीसँग स्थिर सम्पत्ति चार करोड ६३ लाख ४५ हजार ३८८ रुपैयाँ छ भने अन्य सम्पत्ति दुई करोड ५२ लाख ९२ हजार ४३२ रुपैयाँ छ । समग्रमा सहकारीको सम्पत्ति असार १५ गतेसम्म एक अर्ब २२ करोड ९५ लाख ४३हजार ४२८ रुपैयाँ छ ।

प्रकाशित: २२ असार २०८१ १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast