लाक्पा शेर्पाको वृत्तचित्रको ट्रेलर सार्वजनिक

हिमाल प्रेस १८ असार २०८१ १६:४९
6
SHARES
लाक्पा शेर्पाको वृत्तचित्रको ट्रेलर सार्वजनिक

काठमाडौँ- वृत्तचित्र ‘माउन्टेन क्विनः द समिट्स अफ लाक्पा शेर्पा’ को ट्रेलर सार्वजनिक भएको छ।

लाक्पा शेर्पाले १० पटक सगरमाथा आरोहण गरेकी छन्। यो वृत्तचित्र उनकै संघर्ष र सफतलाको कथामा आधारित छ। वृत्तचित्र ३१ जुलाई अर्थात् साउन १६ मा नेटफ्लिक्समा प्रसारण गरिनेछ।

नेटफ्लिक्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको दुई मिनेट १२ सेकेन्डको ट्रेलरमा पनि उनी हिमाल चढ्दै गरेकी र आफ्नो कथा सुनाइरहेकी देख्न सकिन्छ।

यो वृतचित्र बेलायती फिल्म निर्माता लुसी वाकरले बनाएकी हुन्। यो टोरन्टो फिल्म फेस्टिभलमा देखाइएको थियो।

नेपालमा जन्मेकी लाक्पा अहिले अमेरिकाको वेस्ट हार्टफोर्डमा बस्छिन्। शेर्पाले किशोर अवस्थामा हुँदा भरिया भएर विभिन्न हिमालको आरोहण गर्न सुरु गरेकी हुन्।

उनी सन् २००० मा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिलाको रेकर्ड स्थापित गरिन्। त्यति बेला उनको समूहमा उनी एक्लै सगरमाथा आरोहण गर्न सफल भएकी थिइन्।

यसअघि सन् १९९३ मा पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेकी थिइन् तर उनको फर्किने क्रममा निधन भएकाे थियाे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =