काठमाडौँ- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारबारे निर्णय गर्न पार्टीमा छलफल गर्ने भएको छ। पार्टीले मंगलबार बिहान १० बजे बैठक बोलाएको हो। दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ।
सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयार सुरु गरिएको छ।
प्रकाशित: १८ असार २०८१ ९:२६
प्रतिक्रिया