बढ्यो इन्धनको मूल्य, प्रतिलिटर कति?

हिमाल प्रेस १६ असार २०८१ २१:०८
24
SHARES
बढ्यो इन्धनको मूल्य, प्रतिलिटर कति? फाइल तस्बिर।

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले आइतबार विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढेको जानकारी दिएको हो।

मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६६ र तेस्रो वर्गका लागि १६७ कायम भएको छ।

डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः १५४ रुपैयाँ ५० पैसा, १५६ रुपैयाँ र १५७ रुपैयाँ पुगेको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रूपमा तोकेको छ।

नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुन्छ।

प्रकाशित: १६ असार २०८१ २१:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast