नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

हिमाल प्रेस १६ असार २०८१ १७:५५ | Sunday, June 30, 2024
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति बेचन झा

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ। अदालतले आइतबार झालाई ७ दिन थुनामा राख्न अनुमति दिएका हो।

शुक्रबार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पेस गरिएको थियो। पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

प्रहरीको विशेष ब्युरोको टोलीले बेचनलाई भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाडौँको जिम्मा लगाएको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार रहेका झाको संलग्नता भने अन्तिममा मात्र खुलेको थियो। छानबिनका क्रममा उनको नाममा हिमालय बैङ्कको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको पाइएपछि प्रहरीले खोजी सुरु गरेको थियो।

प्रकाशित: १६ असार २०८१ १७:५५ | Sunday, June 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast