‘अन्तरलिंगी व्यक्तिले सामाजिक र शैक्षिक क्षेत्रमा विभेद सहनुपर्‍यो’

हिमाल प्रेस ११ असार २०८१ १९:१०
8
SHARES
‘अन्तरलिंगी व्यक्तिले सामाजिक र शैक्षिक क्षेत्रमा विभेद सहनुपर्‍यो’

सुर्खेत- अन्तरलिंगी व्यक्तिहरूको मुद्दामा संवेदनशील बन्न सरोकारवालाले सुझाव दिएका छन्। मंगलबार क्याम्पेन फर चेन्जद्वारा आयोजित एक कार्यक्रममा यौनिक अल्पसंख्यक समुदाय भए पनि ती भन्दा फरक अन्तरलिंगी भएको हुँदा उनीहरूको हक, अधिकार र विषय मुद्दामा संवेदनशील बनेर बहस पैरवी गर्न सुझाव दिइएको हो।

क्याम्पेन फर चेन्जका सहसंस्थापक तथा कार्यकारी निर्देशक इसान रेग्मीले अन्तरलिंगी व्यक्तिहरूको यकीन तथ्यांक नभएको, उनीहरूले सामाजिक, शैक्षिकलगायत विभिन्न विभेद सहनु परेको बताए। अन्तरलिंगीबारे सवैलाई जानकारी दिन आवश्यक भएको हुँदा त्यसका लागि अहिले विभिन्न सचेतना कार्यक्रमहरू गरिरहेको उनको भनाइ छ।

अन्तरलिंगी व्यक्तिहरूको अधिकारबारे सन् २०१६ देखि आवाज उठाउन थालिएको हो। अहिले नेपालमा जनसंख्या १.७ देखि २ प्रतिशतसम्म अन्तरलिंगी व्यक्तिहरू रहेको अनुमान उनले गरेका छन्। अन्तरलिंगी व्यक्तिहरूको अधिकारलाई बहस र पैरवी गर्ने, उनीहरूलाई खुल्न सहज बातावरण बनाउनुपर्ने, जीविकोपार्जनसम्बन्धी कामहरू गर्नुपर्ने, उनीहरूलाई सशक्तीकरणको पाटोमा ल्याउनुपर्ने सुझाव दिए।

अन्तरलिंगी व्यक्तिहरूको बाँच्न पाउने अधिकार, सामाजिक समस्या, विभेद, लैंगिक पहिचान र सम्मान, यकीन तथ्यांकको आवश्यकता, स्वास्थ्य सेवाबाट वञ्चित, गोपनीयतालगायत धेरै विषय र इस्यू भएको हुँदा सरोकारावाला पक्षहरूले यसका पक्षमा संवेदनशील भई सहयोग गर्न कार्यकारी निर्देशक रेग्मीले आग्रह गरेका छन्।

सो अवसरमा वीरेन्द्रनगर नगरपालिका वडा नं.१ का वडाध्यक्ष दिनेश खत्रीले अन्तरलिंगी व्यक्तिहरूको बारेमा थप संवेदनशील हुन आवश्यक रहेको बताए। उनले अन्तरलिंगीहरूलाई समाजमा सहजरूपमा खुल्नका लागि सबैले सहयोग गर्नुपर्ने अपिल गर्दै आगामी दिन सरोकार पक्ष थप जिम्मेवारी हुनुपर्ने बताए।

प्रकाशित: ११ असार २०८१ १९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast