बाढी आएको खोलामा युवतीको शव फेला

हिमाल प्रेस ११ असार २०८१ १२:५२
6
SHARES
बाढी आएको खोलामा युवतीको शव फेला अविरल वर्षाका कारण बूढीखोलामा आएको बाढी।

इटहरी- इटहरीस्थित बूढीखोलामा युवतीको शव फेला परेको छ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीका अनुसार निरन्तरको वर्षाका कारण आएको बाढीले बगाएर मृत्यु भएको अवस्थामा शव फेला परेको हो।

‘बाढीले बगाएका कारण तत्काल उद्धार गर्न सकिएन,’ डीएसपी कार्कीले भने, ‘एकजनाको शव फेला परेको छ। हामी घटनास्थलमै छौँ।’

उनका अनुसार ती युवतीको उमेर अन्दाजी २५ वर्ष रहेको छ। तत्काल शवको पहिचान नभएकाले आफन्तसँग सम्पर्क भइरहेको डीएसपी कार्कीले बताए । प्रहरीलाई जानकारी भएलगत्तै हामी घटनास्थलमा पुगेका छौँ,’ उनले भने, ‘घटनाको थप कारणबारे अनुसन्धान भइरहेको छ।’

प्रहरीका अनुसार उत्तरी मोरङको फुक्सिङबाट चारजनालाई बिहान बगाएको थियो। जसमध्ये एक पुरुष र तीन महिला रहेका थिए। तीनजनालाई उद्धार गरिएको र एकजनाको भने शव फेला परेको प्रहरीले जनाएको छ।

इटहरीसहित पूर्वी नेपालमा बिहानैदेखि चट्याङसहित अविरल वर्षा भइरहेको छ।

प्रकाशित: ११ असार २०८१ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =